आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा जेसीजको सप्ताहन्त

पोखरा जेसीजको सप्ताहन्त


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८३, बिहिबार

पोखरा/पोखरा जेसीजले जेसीज सप्ताहन्त २०२६ को आयोजना गर्ने भएको छ ।

सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै परिष्कृत युवा, सशक्त नेतृत्व भन्ने मूल नाराका साथ सप्ताहन्तको अवसरमा यही बैशाख १८ गतेदेखि २० गतेसम्म बिभिन्न कार्यक्रम गर्ने जनाएको हो ।

सप्ताहन्तको पहिलो दिन कार्यक्रमको उद्घाटनसहित वित्तीय साक्षरता कार्यक्रम हुनेछ । उक्त दिन पोखरा महानगरपालिका वडा नं ५ सँगको सहकार्यमा युवाहरूका लागि वित्तीय साक्षरता सहित उद्यमशीलता विकास तालिम सञ्चालन गरिने संयोजक एवं पोखरा जेसीजका उपाध्यक्ष ई. रविन्द्र गोदारले जानकारी दिए ।

दोस्रो दिन बैशााख १९ गते कास्कीको मादी गाउँपालिका–९, मिजुरेमा वृहत निःशुल्क आँखा शिविर आयोजना हुनेछ । हिमालय आँखा अस्पतालको सहयोगमा स्थानीय समुदायलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । अन्तिम दिन बैशााख २० गते वृहत रक्तदान कार्यक्रम र विजनेस आइडियासम्वन्धि कार्यक्रम गरिने संयोजक गोदारले बताए । नवप्रवर्तनकारी सोच भएका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पोखरा जेसीजका अध्यक्ष जेसी सुमन पहारीले जानकारी दिए ।

प्रचार प्रसार समितिका संयोजक संजय थापाले युवा लक्षित कार्यक्रमले समाजमा सचेतना वृद्धी गराउन सहयोग पुग्ने बताए । पोखरा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुमन पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेसी संजय पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->