आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रपति पौडेलले जारी गरे अर्को अध्यादेश पनि

राष्ट्रपति पौडेलले जारी गरे अर्को अध्यादेश पनि

राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८३, बिहिबार

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका हुन्  ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

सरकारले विकास निर्माणका काममा देखिएका कानुनी जटिलता फुकाउन र खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउन अध्यादेशको सहारा लिएको हो ।

यसअघि पनि सार्वजनिक खरिद ऐनमा संशोधनका लागि विभिन्न प्रयासहरू भए पनि यो पटक अध्यादेशमार्फत परिमार्जन गरिएको छ । 

संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए

सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ । अध्यादेशबारे राष्ट्रपतिले आजै कानुनविद्हरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->