आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आजदेखि कुन कुन सार्वजनिक जग्गामा चल्दैछ डोजर ?

आजदेखि कुन कुन सार्वजनिक जग्गामा चल्दैछ डोजर ?

टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८३, शुक्रबार
फाईल तस्वीरः बालाजुको खोला किनारको बस्ती ।

काठमाडौं / आजदेखि काठमाडौंका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउन डोजर चलाइँदैछ । सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत आजदेखि दोस्रो चरणको काम थाल्न लागिएको हो ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दालाई हिजो बिहानैदेखि सामान सार्ने चटारो थियो ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->