शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सिसाखानीमा पिकअप दुर्घटना हुँदा दुई घाईते

सिसाखानीमा पिकअप दुर्घटना हुँदा दुई घाईते


  • अनिष पाठक
  • बैशाख १८ २०८३, शुक्रबार

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन । खर्वाङ प्रहरी चौकीका अनुसार, बिहिबार राती लु १ ज २०६७ नम्बरको जिप बुटवलबाट सिसाखानी जाँदै गर्दा धारापानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते स्थानीय पुर्णा श्रीसको कुममा र धनश्याम थापाको कानमा चोट लागेको वडा अध्यक्ष खड्क बहादुर पुनले जानकारी दिए । चालकसहित ६ जना सवार रहेको जिप सडकबाट तल खसेको थियो । पुनका अनुसार घाइते दुवै जनाको सिसाखानी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->