म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १ भिजरास्थित सडक निर्माणको क्रममा शुक्रबार दिउँसो एक्कासी पहिरो खस्दा स्काभेटरसहित चालक पुरिएका छन् । भिजरादेखि भजने जाने नयाँ मोटरबाटो खन्ने क्रममा अचानक पहिरो झरेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार, प्रहरी सहितको टोली उद्धारका लागि खटिएको भए पनि मेसिन भित्रबाट चालक निकाल्न सकिएको छैन ।
पहिरोले पुरिएको मेसिनभित्र रघुगंगा गाउँपालिका वडा नं. २ का ५२ वर्षिय पदम कार्की रहेको भन्ने जानकारी प्राप्त भएपनि अवस्थाबारे यसै भन्न नसकिने तिमिल्सिनाको भनाई छ । अहिले प्रहरी र स्थानीयको टोलीले उद्धारको प्रयास जारी राखेको छ ।





