शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुद्व जयन्तीमा बागलुङ बजारमा रथयात्रा

बुद्व जयन्तीमा बागलुङ बजारमा रथयात्रा


  • ढाेरपाटन संवाददाता
  • बैशाख १८ २०८३, शुक्रबार

बागलुङ/२५७० औँ बुद्ध जयन्तीका अवसरमा बागलुङमा रथयात्रा निकालिएको छ । ज्ञानोदय बुद्व बिहारले शुक्रबार बागलुङ बजारमा रथयात्रा निकालेको हो । बुद्व जयन्तीको अवसरमा बिहारले साताव्यापी रुपमा रचनात्मक कार्यक्रम गरिरहेको छ ।

भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

इसापूर्व ५६३ अर्थात् शुक्रबारभन्दा २५७० वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेका थिए । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->