आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रपति पौडेलले जारी गरेको तेस्रो अध्यादेशमा के छ ?

राष्ट्रपति पौडेलले जारी गरेको तेस्रो अध्यादेशमा के छ ?

राष्ट्रपतिको कार्यालयमा अझै  पाँच वटा अध्यादेश छन्। सरकारले आठ वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको थियो।


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८३, शुक्रबार

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले तेस्रो अध्यादेश जारी गरेका छन्। यसअघि दुई वटा अध्यादेश जारी गरेका थिए। राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए। राष्ट्रपतिको कार्यालयमा अझै  पाँच वटा अध्यादेश छन्। सरकारले आठ वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->