आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अतिक्रमित संरचनाबारे जानकारी दिन पोखरा महानगरको आग्रह

अतिक्रमित संरचनाबारे जानकारी दिन पोखरा महानगरको आग्रह

जानकारी दिनका लागि महानगरपालिकाले इमेल, टेलिफोन तथा वडा कार्यालयमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८३, शनिबार

पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी तथा पर्ती जग्गा संरक्षणलाई प्रभावकारी बनाउन नगरवासीसँग सहयोगको अपिल गरेको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्ता जग्गामा भएको अतिक्रमण हटाई खाली गराउन सबैको सहकार्य आवश्यक रहेको जनाएको हो ।

सूचनाअनुसार सार्वजनिक, ऐलानी तथा पर्ती जग्गा अतिक्रमण गरी विभिन्न व्यक्ति तथा संस्थाले लामो समयदेखि संरचना निर्माण गर्ने, घेरा बार लगाउने तथा अन्य विभिन्न प्रयोजनमा प्रयोग गर्ने कार्य भइरहेको पाइएको छ । महानगरपालिकाले यस्ता संरचना तत्काल हटाई जग्गा खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यसका साथै, आफ्नो वरपर सार्वजनिक जग्गा कसैले अतिक्रमण गरी संरचना निर्माण गरेको, घेरा बार लगाएको वा अन्य प्रयोजनमा प्रयोग गरेको जानकारी पाएमा महानगरपालिका वा वडा कार्यालयमा सूचना दिन पनि अनुरोध गरिएको छ । नगरवासीले आफ्नो पहिचान खुलाएर वा गोप्य रूपमा समेत जानकारी गराउन सक्ने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

जानकारी दिनका लागि महानगरपालिकाले इमेल, टेलिफोन तथा वडा कार्यालयमार्फत सम्पर्क गर्न सकिने जनाएको छ । यस अभियानले सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थित शहरी विकास तथा कानुनी शासन कायम गर्न सहयोग पुग्ने विश्वास महानगरपालिकाले लिएको छ । महानगरपालिकाले नगरवासीहरूलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै सहकार्यका लागि हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->