शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा स्मृति सम्मान

शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा स्मृति सम्मान


  • ढाेरपाटन संवाददाता
  • बैशाख १९ २०८३, शनिबार

बागलुङ/शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति सम्मान प्रदान गरिएको छ । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा पोखरा क्याम्पसका क्याम्पस प्रमुख श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति कोषले सम्मान गरेको हो ।

बागलुङ बजारमा आयोजित २० औँ पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा शिक्षासेवी श्रेष्ठलाई कोषका अध्यक्ष काजीरोशन र गण्डकी प्रदेशका पूर्व पर्यटनमन्त्री मणिभन्द्र शर्मा कँडेलले दोसल्ला र कदरपत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री कँडेल, समाजसेवी डा. कृष्णबहादुर श्रेष्ठ र पूर्वशिक्षक शेरबहादुर प्रधानले शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्साह प्रदान गर्न सम्मान गर्ने परम्परालाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए । सम्मानित व्यक्तित्व श्रेष्ठले सम्मानले नयाँ जिम्मेवारी थप भएको उल्लेख गरे ।

सो अवसरमा लेखानी मावि र विद्यामन्दिर माविबाट एसईईमा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई नगद पाँच हजार र कदरपत्रले सम्मान गरिएको दिल–गंगा प्रधान स्मृति कोषका अध्यक्ष काजीरोशनले जानकारी दिए ।

स्वर्गिय बुबा दिल प्रसाद प्रधान र आमा गंगा प्रधानको स्मृतिमा छोराहरु दीपकचन्द्र प्रधान, प्रकाश प्रधान, डा. दिपेश प्रधान, प्रताप प्रधान र छोरी शुभकामना श्रेष्ठले २०६१ सालमा दिल–गंगा प्रधान स्मृति कोषको स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->