आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरभाडामा लिने भन्दै वृद्धामाथि हतियार प्रहार

घरभाडामा लिने भन्दै वृद्धामाथि हतियार प्रहार


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८३, शनिबार

पोखरा/लेखनाथमा घरभाडामा लिने बहाना बनाई एक बृद्वमाथी प्रहार भएको छ । लेखनाथ सिशुवास्थित सुन्दरी बजारमा एक घरको फ्ल्याट भाडामा लिने भन्दै आएका अपरिचित व्यक्तिले वृद्धमाथी धारिलो हतियार प्रहार गरेका हुन । स्थानीय ७४ वर्षीय धनकुमारी गुरुङलाई बुहारी ज्योती गुरुङले जानकारी दिइन ।

घटना १० गते बिहिबारको हो । निलो २२० सिसि पल्सरमा आएका अपरिचित व्यक्ती फ्ल्याट भाडामा लिने बहानामा घरमा प्रवेश गरेका थिए । उनिहरुले लुटपाट गर्ने उदेश्यले गएपनी वृद्धलाई गम्भीर घाइते बनाइ फरार भएको बुहारीले बताएकी छन ।

धनकुमारीको अहिले पोखरामा उपचार भइरहेको छ । ’सासू आमालाई भाडामा फ्लाइट लिने भनेर आएको थियो केरे चक्कु प्रहार भएछ । लुटपाट गर्ने नियतले आएपनी लुटपाट गर्न पाएनझ उनले भनिन्, ’टाउकोमा हानेका छन छुराले हान्यो कि केले खै गम्भीर चोट छ । सिसि टिभिमा हेर्दा त्यो मान्छे हाम्रो घरमा ३ बजेर ५ मिनेटमा छिरेको छ निस्क्व्र जादा ३ बजेर ४० मिनेट देखिएको छ ।

उनका अनुसार कानमा डेढ तोलाको सुन थियो । तर चोरिएको भने छैन । यसबारेमा प्रहरी अनुसन्धान गरिरहेको बताएको उनले बताइन । कुरा गर्दागर्दै एक्कासी प्रहार गरेको उनले सुनाइन् ।

घाइते सासुलाई समयमा अस्पताल नलगेको भए ठूलो खतरा रहेको उनले बताइन । अहिलेभने उनी खतरामुक्त रहेको उनी सुनाउछिन् ।

उता जिल्ला प्रहारी कार्यालय कास्कीका सुचना अघिकारी डिएसपी हरिबहादुर बस्नेतले घटना भएको पुष्टि गरे । घटनाबारे अनुसन्धान अघि बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->