आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सपनाको कथाले बुबाको हत्या

सपनाको कथाले बुबाको हत्या


  • ढाेरपाटन संवाददाता
  • बैशाख २० २०८३, आइतबार

पोखरा/कास्की जिल्लाको रूपा गाउँपालिका–४, बागेडाँडामा एक वृद्धको शंकास्पद मृत्यु प्रकरणमा उनका आफ्नै छोरा पक्राउ परेका छन् ।

वैशाख १७ गते साँझ करिब ६ः४५ बजे ६२ वर्षीय राम बहादुर घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी घाइतेलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी हरिबहादुर बस्नेतले घटनास्थलको सूक्ष्म अनुसन्धान गर्दा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको, नाकबाट तरल पदार्थ बगेको र कोठाको ढोका खुला रहेको पाइएको थियो ।

अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककै कान्छो छोरा ३४ वर्षीय भिम बहादुर भुजेललाई पक्राउ गरिएको सुचना अघिकारी बस्नेतले जानकारी दिए । हत्या गर्नुको कारण भने राती देखेको सपना रहेको प्रहरी समक्ष उनले बयान दिएका छन् । सपनामा कि बुबाले छोरा मार्नुपर्ने की छोराले बुबा मार्नुपर्ने भनेको देखिपछि आफुले हत्या गरेको प्रारम्भिक बयान दिएको बस्नेतले सुनाए ।

‘प्रारम्भिक अनुसन्धानमा उनले त्यहि बताएका छन् । तर, घटनाबारेमा हामी अनुसन्धान गर्दै छौं । उनी मानसिक रोगि हुन वा होइनन् भन्ने पनि हामीले जाँच गर्दैछौं’ उनले भने, ‘घटनाको प्रारम्भिक कुरा यिनै हुन ।

उनलाई १८ गते पोखरा महानगरपालिका–११, हस्पिटल चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका भुजेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १७७ बमोजिम कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->