शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पुनः राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय

फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पुनः राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८३, सोमबार

काठमाडौं / सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुन: सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।

सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।  बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा पूर्ववत अडानसहित राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->