पोखरा/ पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ खाली नगर्ने बताएका छन् ।
उनीहरुले सोमबार पोखरामा विरोध ¥याली निकालेका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो । उनीहरुले ३५ दिने उक्त सूचना खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
शहिद चोकमा जम्मा भएका सुकुम्बासीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र समेत बुझाएका थिए । त्यहाँबाट ¥याली निकालेर सिर्जनाचोक, हुँदै नयाँबजारस्थित पोखरा महानगरपालिकाको कार्यालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।






