आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, आज कहाँ कहाँ पर्छ पानी ?

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, आज कहाँ कहाँ पर्छ पानी ?

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महााशखाले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । केही दिनदेखि बदली भएको मौसम अझै केही दिन जारी रहनेछ । जसका कारण देशका सबै प्रदेशका विभिन्न ठाउँमा हावाहुरीका साथै वर्षासमेत भइरहेको छ ।

मंगलबार आज पनि देशका केही ठाउँमा हावाहुरी र वर्षाको सम्भावना कायमै छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहे मौसम पूर्वानुमान महााशखाले जनाएको छ ।

अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ । राति यी प्रदेशमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।

बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ । ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ ।

विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->