शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

संवैधानिक परिषद्को बैठक भोली, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने

संवैधानिक परिषद्को बैठक भोली, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने


  • ढाेरपाटन संवाददाता
  • बैशाख २३ २०८३, बुधबार

काठमाडौं/  सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक विहीबारका लागि आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बैठक बोलाएको हो। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने मुख्य कार्यसूची तय गरेको छ।

सर्वोच्च अदालतको नेतृत्व रिक्त हुनुअघि वा रिक्त भएको अवस्थामा नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले सक्रियता देखाउँदै सचिवालयलाई बैठकको तयारी गर्न निर्देशन दिएका हुन्।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सदस्य रहेका छन् ।

बैठकमा प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट प्राप्त भएका नामहरुमाथि छलफल हुनेछ। परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइको प्रक्रिया सुरु हुनेछ। सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->