आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बन्द

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बन्द


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८३, सोमबार
काठमाडौँ/ टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमानमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । ‘आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ’, उनले भने, ‘अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।’
उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->