बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराको ग्लोबल कलिजियटका ३ विद्यार्थीले ल्याए ४ जिपिए

पोखराको ग्लोबल कलिजियटका ३ विद्यार्थीले ल्याए ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा/ पोखरा- १२ स्थित ग्लोबल कलिजियट माध्यमिक विद्यालयका ३ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन । विद्यालयका प्रिन्सिपल बाबुराम पन्तका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीमा आर्य हमाल, स्मृति सापकोटा र अविप्सा रहेका छन् ।

यस विद्यालयबाट यसवर्ष १२३ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । उनीहरुमध्ये ३ जनाको ४ जिपिए, ५८ जनाको ३.६ भन्दा माथि, ४० विद्यार्थीको ३.२ माथि, १७ जनाको २.८ भन्दा माथि जिपिए आएको छ भने ५ विद्यार्थीको २.८ भन्दा कम जिपिए आएको छ।

धेरै विद्यार्थीले उच्च अंक ल्याएको प्रति प्रिन्सिपल पन्तले निकै सन्तुष्ट रहेको प्रतिक्रिया दिदै उत्तीर्ण विद्यार्थीलाई बधाई दिए । पन्तले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई नै विद्यालयले प्राथमिकता दिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->