मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

एसइईमा पोखराको प्रतिभा माविका ५ विद्यार्थीले ल्याए ४ जिपिए

एसइईमा पोखराको प्रतिभा माविका ५ विद्यार्थीले ल्याए ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा/ पोखराको पाखिलेचोकस्थित प्रतिभा माध्यामिक विद्यालयका ५ विद्यार्थीले माध्यमिक शिक्षा परिषद् .एसईईं) मा ४ जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीमा विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न ढकाल र स्विकार पौडेल रहेका छन् ।

विद्यालयबाट यस वर्षको परीक्षामा १०७ विद्यार्थी सहभागी भएका थिए । उनीहरुमध्ये ३.६ जिपिए भन्दा माथि ल्याउने ४७ जना, ३.२ जिपिए भन्दा माथि ल्याउने ४५ जना, २.८ जिपिए भन्दा माथि ल्याउने १४ जना र २.४ जिपिए ल्याउने १ जना रहेका प्रिन्सिपल सापकोटाले बताए । गत वर्ष यस विद्यालयबाट एकजनाले मात्र ४ जिपिए ल्याएका थिए ।

सोमबार सार्वजनिक एसईई नतीजाबाट विद्यालय सन्तुष्ट रहेको प्रिन्सिपल सापकोटाले बताए । ‘अघिल्ला वर्षको तुलनामा उत्कृष्ट नतीजा हात पार्न सफल भएका छौ’, उनले भने, ‘गुणस्तरीय शिक्षामा हामीले जोड दिदै आएको परिणाम हो यो ।’ सापकोटाले १२ कक्षाको नतीजामा पनि अहिलेसम्म उत्कृष्टता हासिल गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->