शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सिद्वार्थ शिक्षा सदनका ४ विद्यार्थीले ल्याए ४ जिपिए

सिद्वार्थ शिक्षा सदनका ४ विद्यार्थीले ल्याए ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको सिद्वार्थ शिक्षा सदनले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा निकालेको छ । परीक्षामा विद्यालयका चार जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।

विद्यालय प्रिन्सिपल, गणेश कार्कीका अनुसार, गीत थापा मगर, आशिका खड्का, सक्षम शर्मा र सिम्रन सुवेदीले ४ जिपिए ल्याएर सफलता हात पारेका हुन् ।

परीक्षामा सहभागि कुल १७ परीक्षार्थीमध्ये ४ जनाले ४ जिपिए, ११ जनाले ३.६० देखि ३.९५ जिपिए र २ जनाले ३.२० देखि ३.६० जिपिएसम्म ल्याएका छन् । १७ जना विद्यार्थीमा ४ जनाले ४ जिपिए ल्याउनुलाई विद्यालयले ठूलो उपलब्धीका रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->