बागलुङ/अमर आदर्श आवासिय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ४ जिपिएसहित उत्कृष्ट नतिजा निकालेको छ ।
बागलङ नगरपालिका–२, गुठीमा रहेको अमर आदर्शका आशिष खत्रीले ४ जिपिए प्राप्त गरेका छन् । विद्यालयका प्राचार्य हेमन्त थापाका अनुसार, विद्यालयबाट परीक्षामा सहभागि ४८ जनामध्ये एक जनाले ४ जिपिए र अन्य सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
‘एसईईको नतिजाले हामीलाई हर्षित बनाएको छ’ प्राचार्य थापाले भने, ‘विद्यार्थीले कडा परिश्रम, समर्पण र शैक्षिक उत्कृष्टता प्रदर्शन गर्दै सफलता हासिल गरेका छन् । यो विद्यालयका लागि ठूलो उपलब्धी हो ।’
परीक्षामा सहभागि कुल ४८ परीक्षार्थीमध्ये एक जनाले ४ जिपिए, २० जनाले ३.८२ देखि ३.५२ जिपिए र २७ जनाले ३.४९ देखि ३.०३ सम्म जिपिए ल्याएका छन् ।





