शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चिल्ड्रेन लाइफका ३ विद्यार्थीले ल्याए ४ जिपिए

चिल्ड्रेन लाइफका ३ विद्यार्थीले ल्याए ४ जिपिए


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका ३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ४ जिपिए ल्याएका छन् । एसईईमा सहभागि ८० जना विद्यार्थीमध्ये अंकित पौडेल, पल्पसा आचार्य र आयुष गिरीले ४ जिपिए ल्याएका हुन् ।

बागलङ नगरपालिका–१, रामरेखामा रहेको चिल्ड्रेन लाइफले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, ३.६ देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थी ६२ र ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी १७ जना छन् ।

शिक्षामा आफुलाई अब्बल सावित गर्दै आएको चिल्ड्रेन लाइफले एसईईको नतिजालाई उत्साहजक भनेको छ । ‘एसईईको नतिजा विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनतको परिणाम हो’ प्रिन्सिपल श्रेष्ठले भने । श्रेष्ठले आगामी दिनमा शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउँदै उत्कृष्ट नतिजा कायम राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->