बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा गरिमा आवासीय माध्यमिक विद्यालय (डिग्निटी) का विद्यार्थीले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विद्यार्थी रितु आचार्यले चार जिपिए ल्याउन सफल भएकी हुन् । परीक्षामा २६ जना विद्यार्थीको सहभागि थिए ।
विद्यालयले अभिभावक र विद्यार्थीलाई विश्वासमा लिएर विद्यार्थीमैत्री वातावरण बनाउँदा नतिजा उत्कृष्ट आएको प्रिन्सिपल तेजेन्द्र कुँवरले बताए । परीक्षामा १० जना विद्यार्थीले ए प्लस, १५ जना विद्यार्थीले ए र एक जना विद्यार्थीले वि प्लस ल्याएको विद्यालयले जनाएको छ ।





