बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एसइईमा छोरेपाटन माविका ३ विद्यार्थीले ल्याए ४ जिपिए

एसइईमा छोरेपाटन माविका ३ विद्यार्थीले ल्याए ४ जिपिए


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा/ पोखराको छोरेपाटनस्थित छोरेपाटन माध्यमिक विद्यालयका ३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन् । विद्यालयका छात्रा शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले ४ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यसअघि २०८१ सालको परीक्षामा पनि सोही विद्यालयबाट १ जनाले ४ जिपिए ल्याएका थिए ।

यसपटक विद्यालयबाट कुल १८१ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । तीमध्ये ३४ जनाले ३.६ देखि ३.९९ जिपिए ल्याएका छन् । यस्तै ५१ जनाले ३.२ देखि ३.५९ जिपिए प्राप्त गरे । कुल विद्यार्थीमध्ये ८५ प्रतिशत अर्थात् १५४ जना ग्रेडेड हुन सफल भएको सहायक प्रधानाध्यापक खेमराज बरालले जानकारी दिएका छन् । कक्षा १२ सम्मको पठनपाठन हुने छोरेपाटन मावि पोखरामा विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने स्कुल हो ।

विद्यालयको नतिजाप्रति प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->