पोखरा/ पोखराको फूलबारीस्थित भाष्कर मेमोरियल स्कुलका उत्सव शर्माले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी ४ जिपिए ल्याएका छन् ।
यस वर्षको परीक्षामा भाष्करबाट ५१ जना विद्यार्थी सहभागी भएका र उनीहरु सबै उत्तीर्ण भएको विद्यालयले जनाएको छ । विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएका कारण यो नतिजा सम्भव भएको संस्थापक विश्व बास्तोलाले बताए ।





