बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा पब्लिकका रोनिस र सक्षमले ल्याए ४ जिपिए

पोखरा पब्लिकका रोनिस र सक्षमले ल्याए ४ जिपिए


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा /पोखराको चाउथेस्थित पोखरा पब्लिक स्कुलका २ जना विद्यार्थी रोनिस खत्रीर सक्षम पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम् ४ जिपिए ल्याएका छन् । विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार पोखरा १४ हबेली मार्गका खत्री र भूमेश्वर मार्गका पौडेलले नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययन गरेका थिए ।

यस वर्ष विद्यालयबाट एसइईमा ६४ विद्यार्थी सहभागी भएकामा १७ जनाले ३.६१ देखि ४ जिपिए ल्याए । त्यसैगरी २७ जनाले ३.२१ देखि ३.६० जिपिए, २० विद्यार्थीले २.८१ देखि ३.२० जिपिए ल्याएका विद्यालयले जनाएको छ । विसं २०७१ मा सोही स्कुलका सागर काफ्ले कास्की जिल्ला प्रथम भएका थिए । यस्तै विसं २०७२ मा सन्देश तिमिल्सिना जिल्ला प्रथम हुनुका साथै नेपालभरबाटै द्वितीय भएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->