
फाइल तस्बिर
बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसइई)को सोमबार प्रकाशित नतिजा अनुसार गण्डकी प्रदेश अब्बलमा दर्ज भएको छ । गण्डकी प्रदेशका ७२ दशमलब ७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । कुल ३६ हजार ४९३ विद्यार्थी २६ हजार ५ सय ५० विद्यार्थी ग्रेडेड भएको क्षेत्रीय शिक्षा निर्देशनालयका अधिकृत खेमराज पौडेलले बताए ।
गण्डकीमा साधारणतर्फ ३.६ देखि ४ जीपीए ल्याउने ३ हजार ९ सय ९९ जना छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ७ हजार ३३९ जना छन् । २.८ देखि ३.२ जीपीए ल्याउने ९ हजार ४४५ जना रहेको पौडेलले जानकारी दिए । २.४ देखि २.८ जीपीए ल्याउने ५ हजार ३५४ र २ देखि २.४ जीपीए ल्याउने ४१३ विद्यार्थी छन् ।
बागलुङमा ६७ प्रतिशत
बागलुङका ६७ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । तीमध्ये १३ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ४ जीपीए ल्याउनेमा सिद्धार्थ शिक्षा सदनका ४ जना, चिल्ड्रेन लाइफ बोर्डिङका ३ र जनता आवासीय मावि बुर्तिवाङका २ जना विद्यार्थी छन् । बुर्तिवाङकै न्यूमोर्डन एकेडेमीका १ जना, सदरमुकामको अमर आदर्शका १ जना, गरिमा आवासीय माविका १ जना र सामुदायिकतर्फ बागलुङ नगरपालिका वडा नं. १३ को पैयुँपाटास्थित त्रिभूवन माविका १ जना छन् ।
परीक्षा दिएका ३ हजार ५६५ जना साधारणतर्फका विद्यार्थीमध्ये २ हजार ३५९ विद्यार्थी ग्रेडेड भएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्धु अर्यालले बताए ।
जिल्लाका २२ विद्यालयले आफ्नो विद्यार्थी शतप्रतिशत् ग्रेडेड बनाउन सकेका छन् । प्राविधिक धारतर्फ जिल्लाका १ सय ९१ विद्यार्थी ग्रेडेड बन्दा ३.६ देखि ४ जीपीए ल्याउने ७ जना छन् । ३.२ देखि ३.६ जिपिए ल्याउने ६६ जना र २.८ देखि ३.२ ल्याउने ८० जना छन् । २२ विद्यार्थी ग्रेडमा पर्न सकेनन् ।
त्यस्तै साधारणतर्फ ३.६ देखि ४ जीपीए ल्याउने २ सय ६६ जना छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ७७८ विद्यार्थी रहेका छन् । २.४ देखि २.८ जीपीए ल्याउने ६ सय ९७ जना छन् । २ देखि २.४ जिपिए १ सय १८ विद्यार्थीले पाएका हुन् । सदरमुकामस्थित चिल्ड्रेन लाइफ बोर्डिङ स्कूलका ३ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् भने शतप्रतिशत् विद्यार्थी ग्रेडेड भएका छन् ।
स्याङ्जामा सामुदायिक अब्बल : ५ छात्रासहित ११ विद्यार्थीले ल्याए ४ जीपीए
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाबाट ११ विद्यार्थीले चार जीपीए प्राप्त गरेका छन् ।
यहाँ ५ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थीले४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्व राज आचार्यले जानकारी दिए ।४ जीपीए प्राप्त गर्नेमा ५जना छात्रा र ६ जना छात्र रहेका छन् ।
सामुदायिकतर्फ पुतलीबजार नगरपालिका –१ को त्रिभुवन आदर्श माविबाट अनिशा रेग्मी, शश्रिक दोरंगा, आयुश्मा ढकाल, आँधीखोला –६ को शारदा माविबाट मनिषा ढकाल, भीरकोट –३ को शहीद शुक्र माविबाट नितेश काफ्लेले ४ जीपीए प्राप्त गरेका हुन् ।
यस्तै निजी विद्यालयबाट पुतलीबजार नगरपालिका –१ को रोशनी आवासिय माविबाट प्रशनमान श्रेष्ठ, स्याङजा माविबाट निश्चल तिवारी, वालिङ नगरपालिका –८ को नेपाल आदर्श माविबाट रोशन सुवेदी, शिष्टता डुम्रे, सोनिया थापा र अर्जुन चौपारी –१ को अर्जुन चौपारी चिल्डेन एकेडेमीका जेनिश केसीले चार जीपीए प्राप्त गरेका छन् ।
स्याङ्जाबाट नियमिततर्फ साधारण धारमा सहभागी ३ हजार २२३ विद्यार्थीमा २ हजार २३८ र प्राविधिक धारमा ११५ जनामा ७७ गरेर ३ हजार ३३८ विद्यार्थीमा ६९.३५ प्रतिशत अर्थात् दुई हजार ३१५ विद्यार्थीले ग्रेड प्राप्त गरेको आचार्यले बताए ।
यहाँ एक हजार २३ जना विद्यार्थी अनुत्तीर्ण अर्थात नन–ग्रेडिङ भएका हुन् ।
उनका अनुसार ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने २२९, ३.२ देखि ३.६ जीपीए ६३४, २.८ देखि ३.२ जीपीए ८४२, २.४ देखि २.८ जीपीए ५६३, २.० देखि २.४ जीपीए ४६ जना र १.६ देखि २.० जीपीए प्राप्त गर्ने एक जना विद्यार्थी रहेका छन् ।





