आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सांसद खड्का र गौचन थपिए सरकारी लगानी व्यवस्थापन समितिमा

सांसद खड्का र गौचन थपिए सरकारी लगानी व्यवस्थापन समितिमा

बागलुङबाट निर्वाचित सांसद सुशील खड्का र मुस्ताङबाट निर्वाचित योगेश गौचन थकालीलाई मनोनयन गरिएको हो।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८३, बुधबार

पोखरा / सरकारले ‘सरकारी लगानी व्यवस्थापन समिति’मा २ सदस्य मनोनयन गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाका सदस्यद्वय सुशील खड्का र योगेश गौचन थकालीलाई सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो।

खड्का बागलुङबाट निर्वाचित रास्वपा सांसद हुन् भने गौचन मुस्ताङबाट विजयी कांग्रेस सांसद हुन्।

यसैगरी आज बसेको मन्त्रिपरिषद् बैठकले थप ३ निर्णय पनि गरेको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

यसैबिच, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय भएको छ भने भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->