आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८३, सोमबार

काठमाडौं / नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो । एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए ।

ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले साथ दिएका थिए । हिजो (आइतबार) मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->