शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

प्रधानन्यायाधीशमा डा. शर्माको नाम अनुमोदन

प्रधानन्यायाधीशमा डा. शर्माको नाम अनुमोदन

योग्यता र क्षमताका आधारमै मेरो सिफारिस भएको होः प्रस्तावित प्रधानन्यायाधीश शर्मा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८३, मंगलबार

काठमाडौं / प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

योग्यता र क्षमताका आधारमै मेरो सिफारिस भएको होः प्रस्तावित प्रधानन्यायाधीश शर्मा

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले आफ्नो सिफारिस योग्यता र क्षमताका आधारमा भएको दाबी गरेका छन्। सोमबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रधानन्यायाधीशको नियुक्तिमा वरिष्ठताको मापदण्ड मात्र बलियो आधार हुन नसक्ने तर्क गरे।

संवैधानिक परिषद्को निर्णयको बचाउ गर्दै शर्माले भने, ‘प्रधानन्यायाधीशको नियुक्तिलाई बढुवाको रूपमा नलिई नियुक्तिको रूपमा लिनुपर्छ। यसमा वरिष्ठताको मापदण्ड बलियो आधार हुन्छ जस्तो मलाई लाग्दैन। संवैधानिक परिषद्बाट प्रक्रिया पूरा गरेर निर्णय भएको विषयमा मैले थप बोलिरहनुपर्छ जस्तो लाग्दैन।’

सुनुवाइका क्रममा सांसदहरूले उनीमाथि लागेको ‘नेपोबेबी’ को आरोपबारे प्रश्न गरेका थिए। त्यसको प्रतिवाद गर्दै शर्माले पारिवारिक नाता भएकै कारण कोही व्यक्ति पदका लागि अयोग्य नहुने जिकिर गरे।

‘मेरो योग्यता र क्षमतामा प्रश्न उठाउने ठाउँ छैन। पारिवारिक नाता भएकै कारण कुनै पदमा नियुक्तिका लागि योग्य हुँदैन भन्ने कानुनी व्यवस्था वा न्यायिक मान्यता रहेको मलाई थाहा छैन,’ उनले भने।

आफ्नो वृत्तिविकासबारे सुनाउँदै उनले आफू योग्यता र क्षमताले नै एउटा अवधि पूरा गरेर पुनरावेदन अदालतको न्यायाधीश नियुक्त भएको बताए।

उनले थपे, ‘पुनरावेदनमा कार्यसम्पादन सम्पन्न गरेर संविधानले पद रिक्त गरेपछि पुनः कानुन व्यवसायमा फर्किएको थिएँ र फेरि नियुक्ति पाएर सर्वोच्च आएको हुँ। कसैले धारणा बनाउनुहुन्छ भने त्यो उहाँहरूको स्वतन्त्रताको कुरा हो।’

संवैधानिक परिषद्को बहुमतले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उनीविरुद्ध समितिमा १६ वटा उजुरी परेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->