बागलुङ/बागलुङ नगरपालिका–४ स्थित कुँडुले माध्यामिक विद्यालयमा अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको ६८ औ वार्षिकोत्सवको अवसरमा कुँडुले सेवा समाजको आयोजनामा ‘विद्यालयको व्यवस्थापनमा सचेत नागरिक निर्माणमा शिक्षाको भुमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
बागलुङ र म्याग्दीका समेत गरि २६ जनाको सहभागिता रहेको प्रतियोगितामा धौलागिरि विरेन्द्र माविका छात्रा प्रथम, कृष्ण आवासिय विद्यालयका छात्रा आयुष्मा रिजाल द्धितीय र त्रिभुवन मावि पैयुँपाटाका छात्रा साधिका पौडेल तृतीय भएका छन् ।
गणेश माविका छात्रा विद्या अधिकारी, युएस एकेडेमीका छात्रा आशिका रेग्मी र मालिका माविका छात्रा अञ्जली थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम, द्धितीय, तृतीय र सान्तवनालाई क्रमशः नगद ५ हजार एक सय, तीन हजार एक सय, दुई हजार एक सय र १ हजार १ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटनमा बोल्दै बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबैको साझा अभियान आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिलाल कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति तथा समाजका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष ताराकान्त आचार्यको स्वागत र बिद्यालयका शिक्षक कृष्णप्रसाद रिजालको सञ्चालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सवको मुल समारोह मंगलबार हुने विद्यालयले जनाएको छ ।





