शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जन्मदिनमा बालमन्दिरका विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा बालमन्दिरका विद्यार्थीलाई शैक्षिक सामग्री


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ५ २०८३, मंगलबार

बागलुङ/बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठले बागलुङ नगरपालिका वडा नं. स्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् ।

श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा बालकक्षादेखि कक्षा ७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई कपि, कलम र डटपेन प्रदान गरेकी हुन् । उनले ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी हुन् ।

बागलुङ जेसीजको संयोजनमा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक उमाकान्त पौडेलले श्रेष्ठले आफुले अध्ययन गरेको विद्यालयलाई सम्झीएर जन्मदिनको अवसरमा सहयोग गर्नु पुण्यको काम भएको बताए ।

अध्यक्ष श्रेष्ठले आफुले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । जन्मदिनको अवसरमा हुने खर्चलाई कटौती गरेर आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने सोचका साथ सामग्री प्रदान गरेको उनको भनाई थियो ।

केहि दिन अगाडि मात्र उक्त विद्यालयमा कालिका भगवती गुठी व्यवस्थापन समितिले सवारी पार्किङ शुल्कबाट संकलन भएको रकमले अक्षयकोषको स्थापना गरेको थियो । शैक्षिक सामग्री बितरण कार्यक्रमको संचालन बागलुङ जेसीजका सहसचिव रोहन जिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->