बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एन प्याव्सन कास्कीको शिक्षक अभिमुखीकरण

एन प्याव्सन कास्कीको शिक्षक अभिमुखीकरण


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १० २०८३, आइतबार

पोखरा/ नेसनल प्याव्सन कास्कीले आइतवारको सार्वजनिक विदालाई सिर्जनशील बनाउँदै शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलको सभाहलमा झन्डै २ सय शिक्षकहरुका लागि विहान र दिउँसो गरी २ चरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

एन प्याव्सनले कास्कीका सदस्य विद्यालयहरुमा शैक्षिक सत्र २०८३ मा अध्यापन गराइरहेका शिक्षकका लागि प्रश्नपत्र निर्माण र निरन्तर मूल्याङ्कन सम्बन्धी १ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रोशन कोइरालाले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाई प्रक्रियालाई प्रभावकारी बनाउन प्रश्नपत्र निर्माणमा शिक्षकहरुले ज्ञान ,बोध र उच्च दक्षता जस्ता कुरामा ध्यान दिन आग्रह गरे । यस्तै निरन्तर मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहजकर्ता प्रेमनारायण पोखरेलले कक्षा १ देखि ५ सम्म कसरी निरन्तर मूल्याङ्कन गर्ने भन्ने वारेमा सहजीकरण गरे ।

कार्यक्रममा केन्द्रीय सह कोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, गण्डकी प्रदेश उपाध्यक्ष चेतनाथ भण्डारी लगायतले शुभकामना दिएका थिए भने सहभागीहरुले आआफ्ना प्रतिक्रिया राखेका थिए । नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->