बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित


  • Dhorpatan News
  • जेष्ठ १६ २०८३, शनिबार

पोखरा/ धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद सहित सम्मान गरिएको छ ।

तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा गत चैत ८ गते पोखरा रंगशालामा सम्पन्न धनबहादुर गुरुङ सांगीतिक साँझमा तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिका विदेश विभाग प्रमुख गौरी गुरुङले ११ लाख २० हजार ९ सय ६० रुपैयाँ संकलन गरेकी थिइन ।

उनलाई सर्वोत्कृष्ट रकम संकलन गरेबापत संस्थाले नगद २२ हजार २ सय २२ रुपैयाँको थैली सहित कदर पत्रले सम्मान गरेको हो । सम्मानित गुरुङले उक्त रकममा थप २८ हजार थप गरेर ५० हजार २ सय २२ रुपैयाँ कल्याणकारी कोषलाई प्रदान गरेकी छिन । तमु कलाकारहरुको हकहित, सहयोग तथा कल्याणका लागि स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग गर्न पाउदा आफुलाई गर्व लागेको गुरुङले बताइन ।

कुल ५६ लाख २४ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको थियोभने बिभिन्न खर्च कटाएर ३५ लाख २४ हजार ५ सय ८९ रुपैयाँ बचत भएको थियो । उक्त बचत रकम तमु कलाकारहरुको हकहित र कल्याणका लागि स्थापना गरिएको तमु कलाकार कल्याणकारी कोषमा जम्मा गरिएको संघका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, विभिन्न संघसंस्था, समाजसेवी, स्वास्थ्यकर्मी, टिकट बिक्री वितरणमा सहयोग गर्ने व्यक्ति तथा सम्पूर्ण सहयोगीदातालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->