बागलुङ/सिद्दार्थ शिक्षा सदन माध्यामिक विद्यालय बागलुङको आयोजनामा विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकामा बौद्विक ज्ञान कसरी दिने, अभिभावकको कामबाट कसरी बालबालिकाले सिक्ने ? शिक्षा के हो र के का लागि भन्ने जानकारीसहित अभिभावकको भूमिकाबाट बालबालिकाले सिक्ने कुराबारे कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त मनोवैज्ञानिक परामर्शकर्ता तथा प्रशिक्षक डा. रविन कटुवालले सहजीकरण गरेका थिए । कार्यक्रममा उनले सफल जीवनका सुत्र, संसारका उत्कृष्ट व्यक्तिको जीवनीसहित ज्ञान र विवेक एकसाथ कसरी जीवनमा लागू गर्ने भन्ने जस्ता विषयमा अनुशिक्षण समेत गराएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य हिराबहादुर थापाको अध्यक्षता, गणेश कार्कीको स्वागत र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्धु अर्याल, बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल लगायत सहभागि थिए ।
बागलुङ नगरपालिका–२ स्थित वेस्टवान व्याङकेटमा भएको कार्यक्रममा ३ सयबढी अभिभावक तथा केही विद्यार्थी समेत सहभागि थिए । डा। कटुवालले सोमबार विद्यालयमा विद्यार्थीलाई पनि समुहमा अनुशिक्षण र उत्प्रेरणात्मक सन्देश दिएका थिए ।





