शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

शैक्षिक संस्थाहरु अनुसन्धानभन्दा कार्यबोझले अल्झिए : सुवेदी

शैक्षिक संस्थाहरु अनुसन्धानभन्दा कार्यबोझले अल्झिए : सुवेदी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८३, आइतबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी)मा उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनको भूमिका विषयक राष्ट्रिय कार्यशाला सुरु भएको छ । क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कार्यशाला सुरु गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा. डा. भीमप्रसाद सुवेदीले कार्यशालाको उद्घाटन गरे । उनले सो अवसरमा हाम्रा शैक्षिक संस्थाहरु अनुसन्धानमा भन्दा दैनिक कार्यबोझले अल्झेको धारणा व्यक्त गरे । राज्यले तलब दिन्छ कि दिँदैन भन्ने आशमा बस्दा प्राज्ञिक क्षेत्र अनुसन्धानमा लाग्न नसकेको उनको जिकिर थियो ।

सुवेदीले मन्त्रालयको सचिवभन्दा माथिल्लो पदका आयोगका सदस्य बजेटका लागि मन्त्रालय धाउने, लेखा अधिकृतको चाकडी गर्ने काममा लाग्ने गरेको दुःखद घटना सुनाए ।

‘हामीले समाजलाई उचित दिशानिर्देश गर्ने हो, समाजका अनुसन्धान गरेर राज्यलाई सुझाव दिने हो तर सामान्य प्रशासनिक काममा अल्झेर बसेका छौं,’ सुवेदीले भने, ‘‘विश्वविद्यालय राष्ट्रिय गौरवका संस्था हुन्, ती संस्थालाई विश्वव्यापी बनाउन सक्नुपर्छ ।’ राज्यले हरेक उच्च शिक्षालयलाई अनुसन्धान केन्द्र बनाउन सुवेदीको सुझाव थियो ।

कार्यशालामा गण्डकी विश्व विद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी र त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्गबहादुर केसीले प्रवचन दिएका थिए । त्यसबाहेक कार्यशालामा उच्च शिक्षाका विभिन्न आयामबारे कार्यपत्र प्रस्तुति, टिप्पणी र निष्कर्ष निकाल्ने कार्यक्रम छ ।

कार्यशालामा भाग लिन काठमाडौं, पोखरासहित छिमेकी जिल्लाबाट पनि विभिन्न क्षेत्रका प्राध्यापक, लेखक तथा टिप्पणीकारहरु सहभागि भएको धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख सह–प्राध्यापक डा. सुर्दशन सिलवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->