पोखरा /गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएका छन् । डा. भण्डारीलाई कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
रजिष्ट्रारको पद खाली भएपछि उपकुलपति डा. कृष्ण अधिकारीको संयोजकत्वमा सिफारिस समिति गरिएको थियो । समितिले भण्डारीसहित डा. श्रीकान्त खतिवडा, राजेश ठकुराठीको नाम सिफारिस गरेको थियो ।
भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक थिए । प्रदेश सरकारले प्रतिष्ठान नै खारेज गरेपछि उनी स्वत पदमुक्त भएका थिए ।





