बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पश्चिमाञ्चल माविमा अभिमुखिकरण

पश्चिमाञ्चल माविमा अभिमुखिकरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८३, शनिबार

पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शनिबार अभिमुखिकरण गरेको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले विद्यार्थीका लागि लागुऔषधबारेको सचेतना, साइवर सुरक्षा लगायतबारे जानकारी गराएको छ ।

विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर कक्षा ११ मा भर्ना भएका विभिन्न विषयका विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय युवापुस्तामा लागुऔषधको दुरुपयोग बढेको तथा साइवर सुरक्षाबारे चूनौती थपिएकोले उनीहरुलाई त्यसबाट जोगाउनका लागि सचेतनामुलक कार्यक्रम गरेको उनले बताए ।

कार्यक्रममा प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले पछिल्लो समय युवायुवती लागुऔषधमा फस्ने गरेको र उनीहरुलाई त्यसबारेमा सचेत गराउन यस्ता कार्यक्रम फलदायी हुने बताए । उनका अनुसार साथीभाईको लहैलहैमा लागेर धेरै युवाहरु अहिले लागुऔषधको प्रयोगमा फस्ने गरेका छन् । उनीहरुलाई जोगाउनका लागि पनि विद्यालय तहमा यस्ता कार्यक्रम जरुरी रहेको उनले बताए ।

त्यसैगरि पछिल्लो समय सामाजिक सञ्जालको दूरुपयोग बढ्दै गएकोबारे पनि विद्यार्थीलाई सचेत गराइएको थियो । प्रविधिको विकाससँगै चूनौती र दूरुपयोग थपिएको प्रहरी निरिक्षक सापकोटाको भनाई छ । ‘सबैको हातहातमा मोवाइल र इन्टरनेटको पहुँच बढ्दै जाँदा अहिले चूनौती पनि बढिरहेका छन् । युवायुवतीले जथाभावि रुपमा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने गर्दा नकारात्मक प्रभाव परेको छ,’ उनले भने, ‘प्रविधिको सही प्रयोग पनि अहिलेको चूनौती हो । त्यसलाई जोगाउन नसक्ने हो भने भविश्यमा जोखिम थपिन्छ ।’ उनले विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट बच्न र साइवर सुरक्षाबारे ख्याल गर्न आग्रह पनि गरेका थिए ।

पश्चिमाञ्चल फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यार्थीले सही समयमा उपयुक्त विषय अध्ययन गरेमा भविश्य उज्जवल हुने बताए । ‘अबको दुईवर्ष अथक मेहनत गर्ने हो भने विद्यार्थीको भविश्य उज्जवल हुन्छ,’ पराजुलीले भने, ‘मेहनतको यो समयलाई सही रुपमा उपयोग गनुपर्छ ।’

विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले पनि विद्यार्थीलाई मेहनतका साथ अध्ययन गर्न सुझाइन । उनले भनिन, ‘अभिभावकले ठूलो मेहनतका साथ छोराछोरीलाई पढाउनु भएको छ । त्यसैले छोराछोरीले पनि त्यही अनुसार मेहनत गर्नुपर्छ,’ उनले भनिन । कार्यक्रममा शिक्षक उमेश रेग्मी, सिनिय इन्चार्ज विजयराज अधिकारीले पनि विद्यार्थीलाई सुझाएका थिए । पश्चिमाञ्चल माविमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन, मानविकी संकायमा अध्यापन हुन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->