शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

त्रिभुवन माविका २४९ विद्यार्थीलाई छात्रवृत्ति

त्रिभुवन माविका २४९ विद्यार्थीलाई छात्रवृत्ति


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

 

खर्वाङ( बागलुङ) / त्रिभुवन नमूना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २, खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवं अक्षयकोषदाताहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट १ लाख ७९ हजार ९ सय रुपैयाँ वितरण गरिएको लेखापाल गिता पोखरेलले जानकारी दिइन् ।

नेपाल सरकारको कक्षा १–५ का छात्र तथा दलित विद्यार्थीहरुको लागि वितरण गरिने जनही ४ सय रुपैयाँको छात्रवृत्ति १ सय ७६ जनालाई तथा विद्यालयमा रहेका अक्षयकोष दाताको ब्याज रकम र विद्यालयको आन्तरिक स्रोतबाट जनहि १५ सयका दरले ७३ जनालाई पूर्ण छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयमा विपन्न लक्षित छात्रवृत्ति (पिएमटी) प्राप्त गरेका कक्षा १० मा १४ जना, कक्षा ७ मा १९ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र यो वर्ष कक्षा ६ मा १५ जना र कक्षा ९ मा २३ जना विद्यार्थी छात्रवृत्तिको लागि छनोट भएको प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिए ।
विपन्न लक्षित छात्रवृत्तिअन्तर्गत प्रतिविद्यार्थी वार्षिक ६ हजार स्वयं विद्यार्थीकै खातामा नेपाल सरकारले उपलब्ध गराउँदै आएको छ । जिल्लामै सामुदायिक विद्यालयतर्फ प्राथमिक तहमा सबैभन्दा धेरै विद्यार्थी रहेको त्रिभुवन नमुना माविमा हाल ११ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

बडिगाड गाउँपालिकामा कक्षा ११, १२ तर्फ विज्ञान विषय पढाइहुने त्रिभुवन एकमात्र विद्यालय हो । जहाँ प्राविधिक धार तर्फ कक्षा ८ देखि १२ सम्म वालिविज्ञान विषयमा पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->