पाेखरा / रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा महानगरपालिका–३३ बागमारास्थित जनज्योति प्राथमिक विद्यालयलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ ।
क्लबले कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बिद्यार्थीलाई उक्त शैक्षिक सामग्री सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सइन्द्रराज श्रेष्ठले स्वार्थभन्दा माथि उठेर समाज सेवामा लाग्नु रोटरीको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।
क्लबका उपाध्यक्ष निकेश कर्माचार्यले शिक्षा र खेलकुद दुवै बालबालिकाको समग्र विकासका महत्वपूर्ण आधार भएकाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेल, प्रधानाध्यापक नारायणप्रसाद आचार्य लगाएतले बोलेका थिए ।





