बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कन्या क्याम्पस पोखरामा अनुसन्धानमुलक लेखन सम्बन्धी कार्यशाला 

कन्या क्याम्पस पोखरामा अनुसन्धानमुलक लेखन सम्बन्धी कार्यशाला 


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

पोखरा / कन्या क्याम्पस पोखरा, अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा प्राज्ञिक एवं अनुसन्धानमुलक लेखन सम्बन्धी दुइदिने कार्यशाला आइतबार सम्पन्न भएको छ ।

कार्यशाला समापन कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य राख्नुहुँदैै कन्या क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लले अनुसन्धान सीपलाई शैक्षिक सिकाईमा मात्र सिमित नराखी समाजको समस्या समाधान गर्नका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसका प्राध्यापकहरूलाई अनिवार्य अनुसन्धानका कार्यमा लाग्न अनूरोध गर्दै छात्राहरूको सहभागीता र सहकार्य गराउन आग्रह गरे । कार्यक्रममा डा. भुमिराज बस्ताकोटी, उपप्राध्यापक पुष्पनिधि अंगाई, भुमिराज पण्डित र मदन प्रसाद बरालले प्राज्ञिक लेखनका विविध आयामहरूमा सहजिकरण गरेका थिए ।

क्याम्पसका उपप्राध्यापक शम्भु बरालले अध्ययन अध्यापन गर्ने कार्यमा सुचना प्रविधिको प्रयोगका बिषयमा समेत सहजिकरण गरेका थिए । सहभागीको तर्फबाट बोल्नुहुँदै उपप्राध्यापक अर्चना यादव र उज्वल अधिकारीले कार्यक्रम निकै प्रभावकारी रहेको र अझ थप अनुसन्धानका कार्यहरू गर्न उत्प्रेरित गरेको बताए । कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी र बिद्यार्थी सहित ३५ जना सहभागी रहेको सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->