बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाल क्लवको वक्तृत्वकलामा प्रनिसा लम्साल प्रथम

बाल क्लवको वक्तृत्वकलामा प्रनिसा लम्साल प्रथम


  • ढाेरपाटन संवाददाता
  • असार ३ २०८३, बुधबार

पोखरा /विन्ध्यवासिनी बाल क्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रनिसा लम्साल प्रथम भएकी छन् ।

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा प्रमिसा मानन्धर द्वितीय, सोमप्रसाद थारु तृतीय र सुमि गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन् । विद्यालयमा गठित बाल क्लवले सामाजिक सञ्जालको दुरुपयोग विषयमा आयोजना गरेको कार्यक्रममा १८ जना छात्र, छात्राले सहभागिता जनाएको सामाजिक विषय विभागका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विजयी विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य शिवराज देवकोटा, रोहन थापा, विमला अधिकारी र सम्झना थापाले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै प्रधानाध्यापक आचार्यले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बताउँदै, यसबाट जोगिन र सही सदुपयोग गर्न सुझाव दिए ।

बाल क्लवका अध्यक्ष रिदम थापाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक शिक्षिका तारा अधिकारीले सहभागि विद्यार्थीले आफ्ना विचार, भावना र ज्ञानलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन् । प्रतिस्पर्धी विद्यार्थीको मुल्याङ्कन शिक्षिका तुलसी पौडेल र भ्वाईस अफ चिल्ड्रेनका संयोजक अप्सरा गुरुङले गरेकी थिईन् । कार्यक्रमको संचालन क्लवका सचिव एञ्जिला भट्टराईले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->