शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

त्रिभुवनका विद्यार्थीलाई छात्रवृत्ति वितरण

त्रिभुवनका विद्यार्थीलाई छात्रवृत्ति वितरण


  • ढाेरपाटन संवाददाता
  • असार ४ २०८३, बिहिबार

बागलुङ/त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका–२ खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवम् अक्षयकोषदाताहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट १ लाख ७९ हजार ९ सय रुपियाँ वितरण गरिएको लेखापाल गिता पोखरेलले जानकारी दिइन् ।

पोखरलेलका अनुसार, नेपाल सरकारको कक्षा १–५ का दलित तथा छात्रा विद्यार्थीहरुको लागि वितरण गरिने जनही ४ सय रुपैयाँको छात्रवृत्ति १ सय ७६ जनालाई तथा विद्यालयमा रहेका अक्षयकोष र विद्यालयको आन्तरिक स्रोतबाट जनही १५ सयका दरले छात्रवृत्ति ७३ जनालाई वितरण गरिएको छ ।

विद्यालयमा विपन्न लक्षित छात्रवृत्ति प्राप्त गरेका कक्षा १० मा १४ जना, कक्षा ७ मा १९ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र यो वर्ष कक्षा ६ मा १५ जना र कक्षा ९ मा २३ जना छात्रवृत्तिको लागि छनौट भएको प्रधानाध्यापक ढालमणि भण्डारीले बताए ।

विपन्न लक्षित छात्रवृत्तिअन्तर्गत प्रतिविद्यार्थी वार्षिक ६ हजार विद्यार्थीकै खातामा सरकारले उपलब्ध गराउँदै आएको छ । सामुदायिक विद्यालयतर्फ प्राथमिक तहमा सबैभन्दा धेरै विद्यार्थी रहेको त्रिभुवनमा हाल ११ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

बडिगाडमा कक्षा ११, १२ तर्फ विज्ञान विषय पढाइ हुने त्रिभुवन एकमात्र विद्यालय हो । यहाँ प्राविधिक धारतर्फ कक्षा ८ देखि १२ सम्म बाली विज्ञान विषयमा पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->