म्याग्दी/१३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा धवलागिरी गाउँपालिका वडा नं. ७ का ६८ वर्षिय इन्द्रबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
२०८३ असार २० गते बालिकालाई बलात्कार गरेको भन्दै पिडीत पक्षले दिएको उजुरीका आधारमा प्रहरीले परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । प्रहरी चौकी मुना ताकमबाट खटिएर गएको प्रहरीले धवलागिरी गाउँपालिका वडा नं. ७ धारापानीबाट परियारलाई पक्राउ गरिएको हो ।





