शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अक्षयकोषबाट बिरामीलाई सहयोग

अक्षयकोषबाट बिरामीलाई सहयोग


  • ढाेरपाटन संवाददाता
  • साउन १९ २०८३, मंगलबार

बागलुङ/कलेजो लगायतका अंगको रोग र छारेरोग समेत भएका एक बिरामीको उपचारमा ‘बिपन्न सहयोग कोष’ले सहयोग गरेको छ । जैमिनी नगरपालिका–७ घर भइ धौलागिरि अस्पतालमा उपचाररत ३१ वर्षिय बिरामी मनबहादुर बिक (बिपिन) को उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि उक्त कोषले सहयोग गरेको हो ।

हङकङमा रहेका जुनु दिब्या राना र टिका रानाले राखेको ३ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट बिरामीलाई सहयोग गरिएको कोष संचालकका आफन्त रहेका पत्रकार विजय रानाले बताए । बिरामीका १३ वर्षिय छोरा सुजन र ६ वर्षिया छोरी छिन् ।

उनीहरुको पठनपाठनमा समेत समस्या रहेको परिवारका सदस्यले जानकारी दिए । पीडितकी आमा कल्पनाले सबैसँग सहयोगको याचना गरेकी छिन् । कोषको व्याजबाट पीडितलाई ९ हजार रुपैयाँ नगदै सहयोग गरिएको रानाले जानकारी दिए । पीडित हाल अस्पतालको आइसियुमा उपचाररत छन् ।

सोही कोषबाट आएको व्याज रकमबाट यसैवर्ष काठेखोला–२ का मृगौला पीडित कुलबहादुर थापा र जैमिनी नगरपालिका–७ कै २२ वर्षिय दिर्घ बिरामी सुनारलाई पनि ९ हजार रुपैयाँकै दरले सहयोग गरिएको हो । हरेक वर्ष कोषबाट बिपन्न, पीडित र दिर्घ बिरामी भई उपचारमा रहेकालाई नै सहयोग गरिंदै आइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->