पोखरा/मदरल्यान्ड माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीले इन्जिनियरिङतर्फ स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षामा पाएको सफलतापछि उनलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ ।
हालै कक्षा १२ उत्तीर्ण भएकामध्ये अमृत तिमिल्सिनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) तथा काठमाडौं विश्वविद्यालयको कुक्याट प्रवेश परीक्षामा दुवैतर्फ दोस्रो स्थानमा नाम निकाल्न सफल भएका छन् ।मंगलबार प्रकाशित आइओइप्रवेश परीक्षाको नतिजामा मदरल्यान्डका अमृतसहित २८ जना विद्यार्थी उत्कृष्ट १ हजार ६५ स्थानसम्म पर्न सफल भएका छन् ।
उनीहरुले पूर्ण छात्रवृत्तिमा पढ्न पाउनेछन् । गत साता प्रकाशित कुक्याटतर्फ अमृतसहित ९ जना विद्यार्थी ९६ स्थानभित्रै परेका थिए ।बुधबार विद्यालय परिसरमा आयोजित समारोहमा विद्यालय प्राचार्य डानारायण बराल, निर्देशक डात्रिभुवन शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमनारायण पोखरेल, विद्यालय प्रशासन प्रमुख कृष्ण पोखरेल, प्लस टु इन्चार्ज नारायण आचार्य, अंग्रेजी विभाग प्रमुख वामनप्रसाद घिमिरे तथा शिक्षकहरुले विद्यार्थीलाई खादा, माला र अबिर लगाएर बधाई ज्ञापन गरे ।
कार्यक्रममा यो सफलतासँगै शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।सो अवसरमा प्राचार्य डाबराल, निर्देशक डाशर्मा, प्लस टु इन्चार्ज आचार्य, सम्मानित विद्यार्थीको तर्फबाट सुभाष पोखरेल, शिक्षक विष्णुप्रसाद गौतमलगायतले विद्यार्थीको कडा मेहनत, शिक्षक र अभिभावकको सहयोगले यो नतिजा आउन सकेको बताए ।
पोखरा–१८, सराङकोटका अमृतले मदरल्यान्डमा नर्सरीदेखि नै अध्ययन गरेका हुन् । आइओईको प्रवेश परीक्षामा देशभरबाट १३ हजार जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । मदरल्यान्डकै सविन आचार्य १० वर्षअघि त्रिवि चिकित्सातर्फको प्रवेश परीक्षामा दोस्रो ¥याङ्कमा पर्न सफल भएका थिए ।





