पोखरा/ पोखरा-१९, तल्लाकोटस्थित विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा आनन्दराज अधिकारी चुनिएका छन् । विद्यालयमा शुक्रबार भएको अभिभावक भेलाले अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
समितिकासदस्यमा हेमबहादुर तामाङ, तारा बास्तोला, गीता अधिकारी बास्तोला,शिक्षक प्रतिनिधिमा अर्जुन अधिकारी, वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्य छन् ।
भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघको अध्यक्षमा मानबहादुर केसी,सदस्यहरुमा राजेन्द्र बास्तोला,नारायणप्रसाद बास्तोला,तेजमाया आचार्य,बबिता ढुंगाना,झरना विक,सुनिता नेपाली,देवी तामाङ, शिक्षक प्रतिनिधि शिवप्रसाद पौडेल, पदेन सदस्यमा आनन्दराज अधिकारी र सदस्य सचिवमा श्रीराम आचार्य छन् ।
भेलामा वडाध्यक्ष पाण्डेले सरकारले जारी गरेको नयाँ नियमावली अनुसार समिति गठन भएको जनाउँदै विद्यालयको समग्र विकासमा काम गर्न सुझाव दिए । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको आर्कषण घट्दो अवस्थामा रहेको बताउँदै समितिले विद्यार्थीको आर्कषण बढाउने खालका योजना बनाउनुपर्नेमा जोड दिए ।
विद्यालयका अध्यक्ष एकराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, वडा सदस्य विकासकुमार आचार्य, सामाजिक व्यक्तित्व कोमलप्रसाद बास्तोला, देवराज गौतम, विद्यालयका सल्लाहकार शंकर ढुंगाना, शिक्षक अभिभावक संघका अध्यक्ष शिवबहादुर केसीलगायतले बोलेका थिए ।





