फाइल तस्विर
स्याङ्जा/भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले किसानलाई एक लिटर दूधमा पाँच रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यहाँको भीरकोट गाउँपालिका १ को भीरकोट दुग्ध उत्पादकलाई १ लाख २६ हजार २९ लिटर दूधको ६ लाख ३० हजार १ सय ४५ रुपैयाँ र चापाकोट नगरपालिका ५ क्वामीको रत्नपुर साना किसान सहकारीलाई ७० हजार ८ सय १७ लिटर दूधको पाँच रुपियाँको दरकले अनुदान दिइएको हो ।
कार्यालयले प्रकाशन गरेको सूचनाका आधारमा छनोट भएका सरकारीमा आबद्ध किसानले भैंसी तथा गाई पालनबाट उत्पादन गरेको दूधमा पशु सेवा कार्यालय स्याङ्जाले अनुदान दिएको कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठले उल्लेख गरे । कार्यालयले सहरकारीको दूध संकलन केन्द्रमार्फत बेचिएको दूधका आधारमा अनुदान दिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले दूधसहित विभिन्न शीर्षकमा १ करोड २८ लाख ६७ हजार २ सय रुपैयाँ अनुदान दिएको हो । बृहत्तर पशु विकास प्रवर्धन कार्यक्रमअन्तर्गत नयाँ खोर, तारबार, टाट्नो, बोका, यान्त्रिकरणका लागि कालीगण्डकी १ र २ मा कालीगण्डकी कृषि उद्यमी महिला सहकारी संस्थालाई ८ लाख ४६ हजार ७ सय ३९ रुपैयाँ दिइएको छ । भीरकोट २ मा बलाम डाँडा शान्ति कृषि तथा पशुपंक्षीपालन कृषक समूहलाई ८ लाख ११ हजार ३४ रुपैयाँ, भीरटकोट ३ मा बानेथोक देउराली बाख्रापालन समूहलाई ८ लाख ८८ हजार ९ सय २४ रुपैयाँ, फेदीखोला ४ को छेलो हाल्ने महिला कृषक समूहलाई ८ लाख ४२ हजार २ सय ३१ रुपैयाँ अनुदान दिइएको हो ।
कालीगण्डकी कोरीडोर केन्द्रित पशुपंक्षी तथा मत्क्षय उत्पादन तथा प्रबर्धन कार्यक्रममा गोठ सुधार तथा भकारो सुधारका लागि पकवादी कृषि सहकारी संस्थालाई १७ लाख ४० हजार ७ सय ३० रुपैयाँ र आमा बहुउदेश्यीय सहकारी संस्थालाई १७ लाख ६२ हजार ४ सय ४१ रुपैयाँ अनुदान दिएको हो ।
कार्यालयले व्यावसायिक ब्लक विकास कार्यक्रमअन्तर्गत हरिनास ४, ५, ६ र ७ मा सूर्यमुखी बाख्रापालन तथा कृषि समूहलाई २७ लाख ८७ हजार ३ सय २ अनुदान दिएको हो । कार्यालयले किसानले अनुदान दिएको भए पनि उत्पादनमा तथा आवश्यकताका आधारमा अनुदान, कृषि ऋण सहज र सहुलियत तथा बजारको सुनिश्चितता आवश्यक देखिएको छ ।





