बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल बीच २ बुदे सहमति

आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल बीच २ बुदे सहमति


  • ढाेरपाटन संवाददाता
  • साउन ३१ २०८३, आइतबार

पोखरा / आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्र्टन स्वास्थ्यकर्मी र अपस्पतालबीच २ बुदे सहमति भएको छ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस÷बीडीएस इन्टर्न विद्यार्थीलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने देशभरका नीजि अस्पताललाई पत्राचार गरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र अस्पतालबीच आइतबार जिल्ला प्रशासन कार्यालयमा २ बुदे सहमति भएको हो ।

विद्यार्थीहरुले उठाएको माग पुरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छतामाबारे सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी कुमानसिंहसहित बसेको त्रिपक्षिय छलफलबाट सहमति भएको हो । बैठकले गरेको पहिलो निर्णयमा भनिएको छ, ‘निजी मेडिकल कलेजमा अध्ययनरत एम.वि.वि.एस. इन्ट्रनसिपमा कार्यरत प्रशिक्षार्थी डाक्टरहरूलाई यसपूर्व उपलब्ध गराईएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने’ यस्तै दोस्रो निर्णय रहेको छ –‘थप विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्य नियमनकारी निकायहरूबाट निर्देशन भए अनुसार गर्ने ।’

सम्बन्धित समाचार – https://dhorpatannews.com/2026/08/169624/

पोखरा ९ पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका इन्र्टनमा रहेका चिकित्सकहरुले आफुहरुको आइराखेको तलब समेत रोक्का गरेपछि बुधबारदेखी उनीहरु आन्दोलनमा होम्मिएका थिए । अस्पतालले आफुहरुको श्रम शोषण गर्दै पेशाको मर्यादा विपरित काम गर्न लागेको समेत जनाए ।

इन्र्टन गरिरहेका डाक्टर प्रविण ओझाले हाल १२ हजारमा इन्र्टन गर्दै आइरहँदा अहिले निजि अस्पतालहरुका छाता संगठनले गरेको निर्णय खेदपूर्ण रहेको बताउँदै सहमति पछि आफुहरुको आन्दोलन फिर्ता भएको बताए । गण्डकी मेडिकल कलेजमा हाल ७५ जना इन्टर्नमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->