मंगलबार, भाद्र २ २०८३

मंगलबार, भाद्र २ २०८३
  • २ भाद्र २०८३ , मंगलबार
  • August 18 2026

स्याङ्जाका किसानलाई साढे २ करोड अनुदान

स्याङ्जाका किसानलाई साढे २ करोड अनुदान

सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली, अदुवा–बेसार र भैँसी जोनमा आबद्ध कृषकलाई विभिन्न शीर्षकमा अनुदान


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

स्याङ्जा/राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाले फलफूल तथा पशुपालन व्यवसायमा संलग्न कृषकलाई २ करोड ४३ लाख ६६ हजार रुपैयाँ अनुदान दिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा एकाइले सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली, अदुवा–बेसार र भैँसी जोनमा आबद्ध कृषकलाई विभिन्न शीर्षकमा अनुदान वितरण गरेको हो ।

अनुदानबाट ५८ सहकारी, ९० कृषक समूह, २८५ उद्यमी कृषक, ४ कम्पनी र २ प्राविधिक विद्यालय र ५ हजारभन्न्दा बढी कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीले सुनाए ।

उन्नत प्रविधि विस्तार तथा खेतीको क्षेत्रफल बढाउन ४९ लाख २७ हजार, कृषिमा उद्यमशीलता विकासका लागि ४३ लाख ७४ हजार, सिँचाइ पूर्वाधार निर्माणका लागि ४० लाख ५२ हजार रुपैयाँ अनुदान कार्यालयले उपलब्ध गराएको हो ।

कृषि यान्त्रीकरणका लागि २७ लाख ७० हजार, बगैँचा सुदृढीकरण र बाली संरक्षणका सामग्री वितरणमा २१ लाख ७५ हजार, भैँसी प्रवद्र्धन तथा मासु निर्यात कार्यक्रममा ११ लाख ९१ हजार रुपियाँ वितरण गरेको अधिकारीले जनाए ।

गोठ सुधारमा ९ लाख ३७ हजार, दाना बनाउने मेसिन खरिद ७ लाख १९ हजार, कृषि उपज लेबलिङ र प्याकेजिङमा ७ लाख ९ हजार अनुदान दिइएको छ ।

नर्सरी स्रोत केन्द्र स्थापनामा ६ लाख २४ हजार, शिक्षालयसँग व्यावसायिक उत्पादन साझेदारी कार्यक्रममा ४ लाख ८१ हजार, दूध प्रशोधन सामग्री खरिदमा १ लाख ५१ हजार, साना सिँचाइ आयोजनामा ९८ हजार, घाँसको बीउ खरिदमा ७३ हजार र चैते धानको क्षेत्रफल विस्तारमा २२ हजार अनुदान वितरण गरिएको हो ।

कार्यालयले सुन्तलामा ९३ हेक्टर, आँप– लिचीमा १० हेक्टर, कफीमा सात हेक्टर र अदुवा–बेसारमा पाँच हेक्टर गरी १ सय ४५ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य लिएकोमा १ सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->