शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

व्यवसायीलाई सुरक्षा सामग्री

व्यवसायीलाई सुरक्षा सामग्री


  • ढाेरपाटन संवाददाता
  • भाद्र ३ २०८३, बुधबार

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले मासु पसल, होटल तथा डेरीहरुका लागि अभिमुखीकरण र सुरक्षण सामग्री वितरण गरेको छ । पालिकाले नागरिकलाई स्वस्थ मासु तथा सरसफाइ युक्त खाद्य पदार्थ खुवाएर खाद्य तथा पोषणसम्बन्धी अधिकारको सुरक्षित गर्ने उद्देश्यले कार्यक्रम गरेको हो ।

पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत गरिएको यो कार्यक्रममा अर्जुन चौपारीमा
मासुपसल, होटल तथा डेरी व्यवसाय गर्ने ५० व्यवसायीको सहभागिता थियो । सहभागीलाई पालिकाले व्यवसाय सञ्चालनका क्रममा लागउने एप्रोन, टोपी र पञ्जा प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकालाई सरसफाइ युक्त बनाउने अभियानमा जुटेको जनाए । हरेक ठाउँमा सरसफाई आवश्यक रहेको बताउदै तिवारीले होटल, मासुपसल र डेरीमा सरसफाइ पहिलो आवश्यकता रहेको जनाए ।

अभिमुखीकरण र सुरक्षण सामग्री वितरण पहिलो प्रयास भएको बताउँदै तिवारीले सबै नागरिकसँग पालिका पुग्ने उल्लेख गरे । पालिकामा मासुको बधशाला बनाउने बताउँदै उनले हरेक होटल तथा पसलमा पालिका पुगेर सचेतसमेत बताउने बताए ।

भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डा रुपेश श्रेष्ठले सहभागीलाई मासु कसरी काट्ने, सरसफाइ राख्ने तकनिकी र फोहोर मासुले गर्ने क्षतिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल, पोषण कार्यक्रमका प्रमुख ललित थापा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->